१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

करेन्ट लागेर मृत्यु




दाङ ।

तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

नवनिर्मित आफ्नै घरमा पानी चार्नका लागि फलामको भर्याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  १ : ४८ बजे