७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

५ हजार बढीले कोरोना जिते, १ सय ८७ जनाको मृत्यु



काठमाडौं ।
देशभर ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।
मन्त्रालयका अनुसार एक लाख १ हजार ७ सय ७१ संक्रमित होम आइसोलेसनमा छन् । ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा कोरोनाले १ सय ८७ जनाको मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । १ हजार ३ सय ३१ जना आइसियु र ३ सय ७० जना भेन्टिलेटरमा छन् । गत २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  ५ : ४९ बजे