२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

तानसेनको होटलमा एक युवती मृत फेला



काठमाडौं ।


पाल्पाको तानसेन नगरपालिका–१२ मा रहेको रानीमहल होटल एण्ड रेष्टुरेन्टमा एक युवती मृत फेला परेकी छन्।

तानसेन–१२ अउलकी २२ वर्षीया रुपा पराजुली होटलको कोठाभित्र झुण्डिएको अवस्थामा आइतबार बिहान करिब ६ बजे मृत फेला परेकी हुन्। युवतीको घर र होटलको दूरी करिब १० मिटर रहेको जिल्ला प्रहरी कार्याल पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

प्रहरी निरीक्षक पचभैयाका अनुसार युवती नाम्लोको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी छन्। उनले घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति : २ जेष्ठ २०७८ आइतबार ००:००  ११ : २४ बजे