८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

कोरोना नै नलागेका सांसदलाई जसले पोजेटिभ बनाए उनै भए ल्याब संचालकका डिन



कास्की ।

पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन् । विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले डा नागिलालाई डिन नियुक्त गरेको हो । नागिला हाल स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सहप्राध्यापक हुन् ।

नवनियुक्त डिन डा नागिला त्यही ल्याबका सञ्चालक हुन्, जसले गण्डकी प्रदेशका एक सांसदको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ निकाल्दा खैलाबैला मच्चिएको थियो । एकैदिन संकलित राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीको स्वाबको नतिजा १५ वैशाखमा पोजिटिभ आएको थियो ।

अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची रहँदाकै दिन सांसद शाही सम्पर्कविहीन भएका थिए । त्यही दिन डा. नागिला सञ्चालक रहेको लाइफकेयर डाइग्नोस्टिकले सांसद शाहीको रिपोर्ट पोजिटिभ निकालेको थियो ।१५ वैशाखमा लाइफकेयरले पोजिटिभ रिपोर्ट निकाल्दा प्रदेश क्षयरोग उपचार केन्द्रस्थित पीसीआर ल्याबमा सांसद शाहीको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : १९ बजे