१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

माओवादीको स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आह्वान गरिएको छ । बैठक आज ११ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

बुधबार अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले कोभिड–१९ का विषयमा विज्ञ एवं चिकित्सकहरुसँग परामर्श गरेका थिए ।

उक्त छलफलका क्रममा आएका सल्लाह एवं सुझावसहित विहीबार बस्ने बैठकबाट योजना र कार्यक्रमहरु घोषणा गर्ने तयारी रहेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ६ : ३५ बजे