१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सांसद धर्मपत्नी अनुपमा पन्थीद्धारा नन्दनगर गुरुकुलमा ११ हजार १ सय ११ सहयोग



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रम गुरुकुलको विकास र संरक्षणमा निरन्तर सहयोग पु¥याउदै आउनु भएका प्रदेश सांसद विष्णु पन्थी र उहाँकी धर्मपत्नी अनुपमा पन्थीले आफना जीवनका महत्वपूर्ण घटनाक्रमको अवसर पारेर गुरुकुललाई सहयोग प्रदान गर्दै आउनुभएको छ । गुरुकुलमा गतवर्ष जन्मोत्सव मनाउनु भएका पन्थी परिवारले सोमबार २८ औं वैवाहिक वर्षगाँठ मनाउनुभएको हो ।

सांसद पन्थीकी धर्मपत्नी अनुपमा पन्थीले धर्म र संस्कार प्रतिको रुची आस्था जोगाउदै गुरुकुलका बटुकहरुको भण्डारा लगाएत कार्यको लागि ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गर्नुभएको छ । अनुपमा पन्थीले मनकामना सँस्कृत विद्या पीठका गुरुलाई बटुकको भण्डाराको लागि सो रकम हस्तान्तरण गर्नुभएको थियो । उहाँले गुरुकुलमा नित्य पुजा समेत गरी कोरोना महामारी जस्तो रोग व्यादीबाट सम्पूर्ण नेपालीहरु चाडै मुक्ति पाउन् भनेर समेत प्राथना गर्नुभएको अनुपमा पन्थीले बताउनुभयो ।

उहाँले गतवर्ष श्री कैलाश आश्रम गुरुकुलमका ८० बटुकहरुलाई भण्डारा खुवाएर अनुपमाले आफ्नो ४२ औँ जन्मोत्सव मनाउनु भएको थियो । बटुकहरुको शिक्षादिक्षा र खानपानमा सहयोग पुग्ने बताउँदै भावी दिनमा पनि सहयोग गर्ने उहाँले वचन दिनुभएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  १० : ३७ बजे