१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माओबादी नेता पाण्डेमाथि गोली प्रहारको आरोपमा ७ जना पक्राउ



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सातजना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट माओवादी जिल्ला नेता कपिलवस्तु नगरपालिका–१ बस्ने ३४ वर्षीय दीपक पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान घाइते भएका थिए । उनीहरुमाथि गएराति गोली प्रहार भएको थियो ।

लु.९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिले गोली प्रहार गर्दा घाइते भएका हुन् ।

घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाइभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ ।

घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो पनि पढ्नुहोस

माओबादी केन्द्र कपिलवस्तुका नेता पाण्डेमाथि गोली प्रहार

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ३ : ०४ बजे