८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

फेसबुक ह्याकरको जालमा कपिलवस्तुका प्रयोगकर्ता, यस्तो कुरा गरेर पैसा माग्छन् !



मायादेवी अनलाइन, चारनम्बर ।

चन्द्र शमशेर न्यौपानेः हेलो, नमस्ते आराम हुनहुन्छ ?

सुरेन्द्रः ठिक छ नि, हजुरको के छ ?

सुरेन्द्रको कल आउँछ, उता उठ्दैन

चन्द्रः हजुरको नम्बर पाउँ न ?

सुरेन्द्रः अरु भन्नुस्
९८५७०३१७८९

चन्द्रः आज जुम कलमा आउनु है । दिउँसो २ बजे

सुरेन्द्रः के छ ?

चन्द्रः सानो मिटिङ छ ।

सुरेन्द्रः ओके । अर्गनाइजिङ कसको ?

चन्द्रः एसएमएसमा हेर्नु त कोड आयो होला, हजुरलाई । जुम फेसबुकबाट ।

सुरेन्द्रः आयो

चन्द्रः हो कति आयो हजुर ?

सुरेन्द्रः ५८२४४

चन्द्रः ओके म दिउँसो ज्वाइन गराउँछु ।

सुरेन्द्रः हवस्

त्यसपछिः २ बजे सुरेन्द्रको लाइक थप्म आयो ।
चन्द्रबाट रेसपोन्स भएन ।

यो फेसबुक म्यासेन्जर संवाद हो जेठ १४ गते शुक्रबार विहान ८ः ४३ देखि मध्यान्ह १२ः ५० बजे सम्म कपिलवस्तुका संचारकर्मी चन्द्रकान्त न्यौपाने र शैक्षिक तथा सामाजिक ब्यक्ति सुरेन्द्र घिमिरेबीचको । चन्द्रकान्तले फेसबुकमा चन्द्र शमशेर न्यौपाने नाम लेख्छन् । उनीहरु दुई अनन्य मित्र पनि हुन् ।

चन्द्रले २ बजे जुम वैठकमा सुरेन्द्रलाई बोलाइसकेपछि सुरेन्द्र जुमको लागि २ बजेसम्म वेट गर्छन् । तर चन्द्रले जुम बैठकमा ज्वाइन गर्दैनन् । त्यसपछि सुरेन्द्रले मतलब गर्दैनन् । त्यसपछि दिउसो भने चन्द्रको म्यासेन्जरबाट एउटा आर्टिकलको लिंक सुरेन्द्र कहाँ पुग्छ ।त्यसपछि कुनै संवाद छैन ।

अर्को दिन जेठ १५ गते शनिबार विहान करिब साढे ८ बजेतिर सुरेन्द्रको मोबाइलबाट चन्द्र शमशेरलाई एककासी फोन आयो । चन्द्र जि, तपाईले मलाई हिजो म्यासेन्जरमा जुम वैठकमा बोलाउनु भएको थियो ? चन्द्रले भने अहँ ? हिजो त केही पनि कुरा भएन हजुरसंग ।सुरन्द्रले भनेः दिउसो २ बजे जुा वैठकमा बोलाएर अनि मतलब नगर्ने ?त्यसपछि चन्द्रले भनेः मैले हजुरलाई बोलाएको नै थिएन ।

त्यसपछि सुरेन्द्रले भने चन्द्र जि तपाईको फेसबुक आइडी ह्याक भएको हुनुपर्दछ । त्यसपछि चन्द्र छाँगाबाट खसेजस्तो भए । र उनलाई थाहा भयो आफ्नो आइडी ह्याकरले चलाएको रहेछ भनेर । जब चन्द्रले जुम बैठकको नाममा सुरेन्द्रको फोन नम्बर मागे । त्यसपछि ह्याकरबाट ५ अंकको नम्बर ५८२४४ ह्याकरको हातमा पर्यो । त्यसै नम्बरबाट सुरेन्द्रको फेसबुक अकाउण्ट ह्याक भयो अर्थात् सुरेन्द्रको फेसबुक पासवर्ड अरु कसैले थाहा पाएर चलाइरहेको छ ।

अहिले सुरेन्द्रको फेसबुकबाट धेरैलाई यसैगरी मोबाइल नम्बर माग्ने र पैसा माग्ने काम भएको छ । सुरेन्द्रको आइडीबाट कम्तिामा पनि ५ देखि ७ जनासम्मलाई पैसा मागेर ह्याकले अवैध धन्दा गरिरहेको छ । ह्याकरले मोबाइल बैङ्किङ छ छैन ? भएको भए मलाई अर्जेन्ट पैसा पठाइदिनुहोस् न भनेर नजिकका मित्रसंग पैसा मागिरहेको छ ।

आफ्नै विश्वासका साथीले भनेपछि किन नाईँ भन्ने भनेर साथीहरुले पनि धमाधम सुरेन्द्रलाई मोबाइल बैङ्किङ मार्फत पैसा पठाइरहेका छन् । कतिले ५ हजार, कतिले ७ हजार, कतिले ३० हजार, कतिले २० हजार । यस्तै गरी सुरेन्द्रलाई साथीहरुले मोबाइल वैङ्किङमार्फत् पैसा पठाइरहेका छन् । यसरी अहिलेसम्म करिब ५० हजारसम्मको अवैध कारोबार भएको जानकारी सुरेन्द्रले साथीहरुलाई फोन गरी बुझ्दा पाउनु भएको छ । तर सो पैसा सुरेन्द्रको हातमा छैन । उनलाई थाहा पनि छैन । त्यति ठुलो रकम ह्याकरको हातमा गइरहेको छ । यो रकम अब फिर्ता हुन्छ या हुँदैन त्यो भने केही थाहा छैन ।

यसपछि तनावमा रहेका सुरेन्द्र र चन्द्र शमशेर न्यौपानेले इलाका प्रहरी कार्यालय बाणगंगा २ पिपरामा आफूहरु ह्याकरको जालमा परेको भन्दै छानविनको लागि हतारहतार लेख्दै निवेदन दिएका छन् । यो समस्यापछि सुरेन्द्रले अहिले खाता भएको बैङ्कमा सम्पर्क गरी यो कुराको जानकारी दिएका छन् । उनले फेसबुकपासवर्ड पनि चेन्ज गरेका छन् । साथीहरुलाई पनि फोन गरी यो ह्याकरको अवैध धन्दाबारे जानकारी दिइसकेका छन् ।

यता चन्द्रले भने कसरी फेसबुक आइडी कसरी ह्याक भयो भनेर थाहा पाएका छैनन् । किनकि चन्द्रको म्यासेन्जरबाट पैसा माग्ने काम भएको अझैसम्म कसैले रिपोर्ट पनि गरेका छैनन् । तर आफ्नो फेसबुक ह्याक भएको थाहा पाएपछि पासवर्ड बदलेर फेसबुकमार्फत्स्टा टस लेख्दै चन्द्रले पब्लिकलाई जानकारी गराएका छन् ।

“मेरो फेसबुक Account ह्याक भएको हो कि के हो ? messanger बाट साथीहरुलाई फोन नम्बर मागिरहेको छ अरे । तर मैले कसैको नम्बर मागेको छैन है । कतै मेरो ID बाट हजुरहरुको नम्बर मागेको भए कसैले नदिन अनुरोध छ । र तपाईंहरु पनि ह्यकर ग्याङदेखि सावधान रहनू ! कसैले पैसा मागेको छ भने नदिनू।”

यसैगरी युवा ब्यवसायी रमेश चन्द्र भुसालको आइडि पनि ह्याकरको हातमा परेको तर उनमा त्यो ५ अंकको नम्बर आएर नपठाएकाले उनी बचेका छन् । तै पनि उनले यस्तो नहोहोस् भनेर फेसबुकमा लेखेका छन् “मेरो Facebook आईडी जबअप गर्ने प्रयास भईरहेकोले अर्को सूचना नदिएसम्म कृपया मोबाईलमा कुरा नभएसम्म सहयोगदाता कसैलाई पैसा नपठाऊनुहोला है । पठाऊनु परेमा मैले भंने छू मेरो आधिकारिक अकाउंट नम्बर मात्र दिने छू।”

यसको २ दिन अघि पनि बाणगंगाका ब्यवसायी टोपनारायण बेलबासेको फेसबुक ह्याक भएको थियो र संवाद ठ्याक्कै सुरेन्द्र र चन्द्रको जस्तै भएको मायादेवीलाई बताउनु भयो । यो सूचना बाहिर मिडियामा आएपछि अहिले धेरैले फेसबुकमा यसबारे सचेत रहन आग्रह गरिरहेका छन् ।

पछिल्लो समय नेपालमा फेसबुक ह्याकरहरुको विगविगी बढेकाले यस्तो समस्या आउने गरेको छ । उनीहरुले माथिको संवाद भएको जस्तै कुराकानीको प्रकृति देखाएर वा अरु अर्जेन्ट बाहानामा निकै नजिकका र धेरै म्यासेन्जरमा कुराकानी हुनेसंग फोन नम्बर माग्ने काम गर्दछन् । म्यासेन्जरमा भएको कुराकानीको आधारमा नजिकका मान्छे पहिचान गर्ने र धन्दा चलाउने गरेको कपिलवस्तुका आइटी जानकार राम शुभागे चौधरी बताउनु हुन्छ ।

उहाँले यस्तो ह्याकरबाट बच्नको लागि सर्वप्रथम १० डिजिटको स्मल लेटरमा फेसबुक पासवर्ड बनाउन सुझाउनुहुन्छ । धेरै माइ डार्लिङ, मेरी मायालु, १२३४५, हेलो नेपाल, बुढाको नाम, बुढीको नाम, आफ्नै फोन नम्बर इत्यादि सजिला लेटर पासवर्डको रुपमा राख्दा ह्याकरले सजिलै पत्ता लगाउने र फन्दामा परिने भएकाले स्मल डिजिट जस्तै A3#$!1ho% गणितिय अक्षरहरु राख्न सुझाउनु हुन्छ । यसै गरी युजर नेम राख्दा पनि मोबाइल नम्बर नराखेर इमेलबाट राख्न पनि उहाँको सुझाव छ । उहाँले कारोबार लगायतका महत्वपूर्ण काम र फोन म्यासेन्जरमा नगर्न पनि सुझाउनु भयो । ह्याकरले कुरा गर्दा च्याट हिष्ट्रि हेरी त्यसै अनुसारको सम्बोधन, लवज प्रयोग गर्ने रहेछन् भने भाषा नेपालीमा छ भने नेपालीमा, अंग्रेजीमा छ भने अंग्रेजी र र रोमनमा छ भने रोमनमा कुरा गर्ने जानकार बताउँछन् ।

यता चन्द्र र सुरेन्द्रको निवेदन बुझ्दै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले ह्याकरको फन्दामा परेकाहरुको निवेदन नेपाल प्रहरीसंग धेरै मात्रामा आउन थालेको बताउनु भयो ।
बाणगंगा पनि यस्तो समस्याबाट अहिले उजुरी आएको बताउँदै सचेत रहन आग्रह गर्नु भएको छ । कोरोना महामारीको बेला अहिले सबैसंग पैसा अभाव भएकाले अवैध धन्दा असुल्न, अहिले जुम बैठकको नाममा गलत काम हुने भएकाले यस्ता भर्चुअल वैठकको विश्वास नगर्न समेत उहाँले अनुरोध गर्नु भएको छ ।

नियमित सम्पर्कमा रहेको साथीसंग अकस्मात् कुनै अस्वभाविक कुरा भयो या त्यस्तो म्यासेज आयो भने आफ्नै मान्छे भए पनि विश्वास नगर्न उहाँले आग्रह गर्नु भएको छ । आफूसंग आएका निवेदन उपर संवेदनशिल रहेको भन्दै उहाँले केन्द्रिय साइब्रर ब्युरोसंग कोर्डिनेसन गर्ने बताउनु भयो । यदि यसबाट गलत धन्दा भएको पाइए पीडित पक्षले फेसबुक अकाउन्ट बन्दको लागि साइबर ब्युरोमा निवेदन दिनुपर्ने उहाँ सुझाउनु हुन्छ । त्यसपछि ब्युरोले अकाउन्ट बन्दको लागि सिंगापुर निवेदन पठाउने समेत उहाँले बताउनुभयो ।

नेपालको फेसबुक अपडेटको काम सिंगापुरबाट हुने भन्दै ती उजुरीहरुलाई त्यहाँ पठाउनु पर्ने बाध्यता रहेको समेत गुरुङले बताउनु भयो । ह्याकरको जालमा परेर आफू ठगिएको वा आर्थिक कारोबबार भएको भए फेसबुक युजर नेम, पासवर्ड र कुराकानी भएको स्क्रिनसर्ट समेत समावेश गरी उजुरी दिनु पर्ने उहाँले बताउनु भयो । त्यो भएमा हिनामिना भएको रकम फिर्ता हुन सक्ने प्रहरीको भनाई छ । विश्वभर यस्तो धन्दा चलेको र पछिल्लो समय नेपालमा पनि यस्ता घटना दिनप्रतिदिन हुने भएकाले सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।

ह्याकरहरुले पैसाको अवैध् कारोबारसंगै म्यासेन्जर च्याटमा हुने हुने कुराकानीको आधारमा ब्ल्याकमेलिङ गर्न सक्ने भएकाले आवश्यक भन्दा अरु कुरा म्यासेन्जमा नगर्न समेत जानकारहरु सुझाउँछन् । अनलाइन गेम खेल्ने, आफ्नो आइडी जुन पायो त्यही डिभाइसबाट चलाउन, अनावश्यक एपमा आफ्नो जिमेल र फेसबुक गर्दा फेसबुक ह्याकरले फेसबुक ह्याक गर्ने समस्या धेरै हुनाले फोन सम्पर्क पछि मात्र पैसा पठाउने जस्ता काम गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  २ : ५१ बजे