काठमाण्डाै ।
निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन आउँदाे शुक्रवार मङ्सिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ ।
आयोगले आज विज्ञप्ति निकालेर त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन दिन आग्रह गरेको हो । यस्तै आयोगले यदि कसैले झुटा विवरण दिइ नामावलीमा नाम दर्ता गराएको भएमा २६ गतेसम्म नै सूचना एवम् उजुरी दिन अपिलसमेत गरेको छ । परिवार वा आफन्त कसैको निधन भएको भएमा मतदाता नामावलीबाट नाम हटाउन पनि २६ गतेसम्म नै निवेदन दिन सकिनेछ ।
आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि पनि अनलाइन वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।







प्रतिक्रिया