देशभर ४३ सय कोरोना संक्रमित थपिए, ८१ को मृत्यु


काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन् । त्यस्तै, आज ८१ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट ८ हजार १७९ जनाले ज्यान गुमाएका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस