१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङ : नचिनेका मानिसको समूहले पार्किङ गरी राखेका चार वटा गाडीमा तोडफोड



दाङ ।


नचिनेका मानिसको समूहले दाङको लमहीमा पार्किङ गरी राखेका चार वटा गाडीमा तोडफोड गरेको छ । देउखुरी लमहीका विभिन्न ठाउँमा पार्किङ गरेका गाडीमा इँटा र ढुङ्गा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएको छ ।

रा १ ख १७५९ नम्बरको ट्रक, लु १ ख ९१४९ नम्बरको बस, भे १ च २८१२ नम्बरको जीप र नम्बर नखुलेको डिलक्स बसमा तोडफोड भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

तोडफोडमा संलग्नहरुको खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताउनुभयो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  १२ : ०९ बजे