१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्घाखाँचीमा पनि लकडाउन खुकुलो भयो, होटल र रेष्टुरेन्टलाई अझै बन्देज




बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीमा केही खुकुलो हुने गरि असार ७ गतेसम्म लकडाउन थप भएको छ । स्वास्थ्य मापदण्ड पालना गरि अबदेखि बिहान ५ बजे देखि दिउँसो १ बजे सम्म खाध्यान्न तथा किराना पसल खोल्न पाइने छ ।

बिद्यालय, होटल रेष्टुरेन्ट, जिमहाउस जस्ता भिडहुने स्थानहरु अझै बन्द हुने छन् । बैंक तथा सरकारी कार्यालय न्युनतम कर्मचारीले सञ्चालन गर्न सकिने छ । मन्दिरमा नृत्य पूजापाठ बाहेक भेला सम्मेलन जस्ता गतिविधि गर्न पुर्ण रोक लगाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ३ : ५५ बजे