११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

दीपक पाण्डे हत्याका मुख्य योजनाकार र गिरोह सार्वजनिक, तीन बर्षदेखि हत्या प्रयास !



       

मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुका माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्याका मुख्य योजनाकारहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले ती अपराधीहरुलाई सार्वजनिक गरेको हो । उनीहरुसहित अरु १० जनालाई पनि प्रहरीले सोमबार नै सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार दीपक पाण्डेको हत्यामा मुख्य योजनाकारका रुपमा प्रकाश भन्ने ओम प्रकाश यादव र महिमा पाण्डे रहेको खुलेको छ । प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार प्रकाश भन्ने ओम प्रकाश यादवले दीपक पाण्डेलाई बिगत २/३ बर्ष देखि मार्न योजना बनाउने गरेका थिए । उनले हतियार खरिद गर्ने, लुकाई छिपाई राख्ने, वारदातको समयमा आफ्नो मोटरसाइकल चलाउने, वारदातमा संलग्न रही मार्न लगाउने लगायतका कार्यमा संलग्न थिए ।

उनको साथबाट प्रहरीले लुकाइछिपाई राखिएका पेस्तोल थान–१ म्याग्जिन थान–१ थान, २२ म्याग्नमको गोली ६८ राउण्ड बरामद गरेको छ । यादव र पाण्डेसहित अरु ५ गिरोहलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । पाण्डेको गत जेठ ५ गते राति कपिलवस्तु नगरपालिका वार्ड नं ६ गोबरीमा हत्या भएको थियो ।

हत्यामा संलग्न २ जनालाई प्रहरीले यस अघि नै पक्राउ गरी सार्वनिक गरेको थियो भने मुख्य योजनाकार फरार थियो । प्रहरीको लामो प्रयासपछि मुख्य योजनाकारलाई पक्राऊ गर्न सफल भएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

उनीहरु यस्ता अपराधमा संगठित भएर लाग्ने गरेको प्रहरीको निष्कर्ष छ । उनीहरुविरुद्ध हातहतियार खरखजना, ज्यानमार्ने उद्योग, कर्तव्य ज्यान मुद्धा चलाइएको प्रहरीले बताएको छ । यी आपराधिक गिरोहलाई सार्वजनिक गर्नु कपिलवस्तु प्रहरीको ठुलो सफलता हो ।

सोमबार प्रहरीले सार्वजनिक गरेको प्रेस रिलिज जस्ताको तस्तै

हातहतियार खरखजना, ज्यान मार्ने उधोग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न गिरोह पक्राउ

घटना मिति:२०७८।०२।०५ गते ।
घटनास्थल: जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्ड नं ६ गोबरी स्थित मृतक: जि. कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्ड नं १ बस्ने बर्ष ३४ को दिपक पाण्डे मुद्धा शिर्षक:हातहतियार खरखजना,ज्यान मार्ने उधोग,कर्तव्य ज्यान तथा संगठित अपराध दिपक पाण्डेय समेतलाई गोलीहानी हत्या गरेको घटनाको विवरण :

मिति २०७८।०२।०५ गते अं २३ः०० बजेको समयमा जिल्ला कपिलवस्तु क.ब.न.पा.वडा नं. ६ गोबरी स्थित चार नम्बर तौलिहवा सडक खण्डमा जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्ड नं १ शिवमन्दिर टोल बस्ने बर्ष ३४ को दिपक पाण्डे समेतलाई तत्काल नामथर नखुलेका पछी खुल्न आएका प्रतिबादी ऐ.ऐ. वार्ड नं १ आनन्दबाग बस्ने बर्ष ३९ को ओम प्रकाश यादव समेतले गोली हानी घाईते बनाएको घटना सम्बन्धमा: सम्पुर्ण प्रहरी कर्मचारी परिचालन गरी तत्काल घाईते २ जना मध्ये सैयद अयाज अफताबलाई प्र.उ नवराज अधिकारीले घटनास्थलबाट उद्धार गरि मेडिकल कलेज भैरहवा ,तत्काल घाईते पछी उपचारको क्रममा मिति २०७८।०२।१० गते मृत्यु भएका दिपक पाण्डेयलाई सोही घटनास्थबाट तत्काल प्र.ना.उ. धर्म राज भण्डारी समेतको टोलीले मेडिकल कलेज भैरहवामा पुर्याएको ।

उक्त घटनामा संलग्न व्यक्तिहरुको पक्राउ एवं घटनामा प्रयोग भएका हातहतियारहरुको खोजतलासको लागी अप्रेशन “MIKE WHISKEY” नाम दिई प्र.ना.उ. धर्म राज भण्डारीको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरी उक्त घटनामा संलग्न व्यक्तिहरु, वारदातमा प्रयोग गरिएका हातहतियार तथा हातहतियार खरिद बिक्री ओसार पसार गर्ने कार्यमा संलग्न निम्न मानिसहरुलाई पक्राउ गर्न सत प्रतिशत सफल भएको ।

घटनाको मुख्य कारण: बिगत ५ बर्ष देखी प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवको र मृतकको श्रीमती महिमा पाण्डेयको बिच भएको अनैतिक सम्बन्धका कारण मृतकको श्रीमान दिपक पाण्डेयले थाहा पाए पश्चात बिवाद, मनमुटाव सृजना भई सो पश्चात पनि अनैतिक सम्बन्ध कायमै रहेको, मृतकको श्रीमती महिमा पाण्डेयले नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक पटक भनेर दिपक पाण्डेलाई मार्ने योजना बनाई बिगत २÷३ बर्ष अघी देखि नै दिपक पाण्डेयलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी (बैना) समेत लिएता पनि पटक पटक को प्रयास असफल भएपछि लामो निग्रानी पश्चात मिति २०७८।०२।०५ गते दिपक पाण्डेयलाई निम्न पक्राउ परेका व्यक्तिहरुले गोली हानी घाईते बनाई मार्न सफल भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको । वारदातमा संलग्न मुख्य प्रतिवादीहरुलाई हातहतियार सहित र उक्त हातहतियार खरिद बिक्री, ओसार पसार गर्ने कार्यमा संलग्न सम्पुर्ण प्रतिबादीहरुलाई सत प्रतिशत पक्राउ गर्न सफल भई निजहरुलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्यादथप अनुमती प्रदान भई अनुसन्धान कार्य जारी रहेको ।

मुख्य योजनाकार:
(क) महिमा पाण्डे (ख) प्रकाश भन्ने ओम प्रकाश यादव

        वारदातमा संलग्न तथा निजहरुको भुमिका 

१. प्रकाश भन्ने ओम प्रकाश यादव: दिपक पाण्डेलाई बिगत २÷३ बर्ष देखी मार्न योजना बनाउने, हतियार खरिद गर्ने ,लुकाई छिपाई राख्ने,वारदातको समयमा आफ्नो मो.सा चलाउने वारदातमा संलग्न रही मार्न लगाउने ,निजले लुकाई छिपाई राखेको ठाउबाट पेस्तोल थान–१ म्याग्जिन थान–१, द्दद्द म्याग्नमको गोली ६८ राउण्ड बरामद ।

२. रमजान साह मुसलमानः: दिपक पाण्डेलाई मार्न ओम प्रकाश यादवबाट पटक पटक गरी अं रु १,००,०००।–(एकलाख) लिने,हतियार किन्ने,साथमा राख्ने,वारदात समयमा दिपक पाण्डेमाथी समेत ३ राउण्ड गोली हान्ने प्रतिबादी महिमा पाण्डेसँग निरन्तर समपर्कमा रही मृतकको गतिबिधी माथी निग्रानी गर्ने, निजबाट वारदातमा प्रयोग भएको: स्वचालित पेस्तोल थान–१ ऐ को म्याग्जिन थान–१ र गोली ८ राउण्ड बरामद भएको )

३. साकिर अलि पखिया: दिपक पाण्डेलाई मार्न ओम प्रकाश यादवबाट बैना बापत रकम (सुपारी) लिने हतियार लिने ,साथमा राख्ने, मृतकको गतिबिधी माथी निग्रानी गर्ने, वारदात समयमा दिपक पाण्डेमाथी समेत गोली हान्ने वारदातमा प्रयोग गरेको हतियार प्रतिवादी पुर्णबिर पाल्पाली कुम्हालको घरमा हतियार सहित लुकिछिपी बस्ने ) (तथा निज प्रतिवादी साकिर अलि पखिया मिति २०६४ ।०१।०५ गते हातहतियार तथा खरखजना मुद्धामा पक्राउ परी २ बर्ष कारागारमा थुनामा रही छुटेको)

मृतक दिपक पाण्डेलाई अं २÷३ बर्ष पहिले मार्ने भनि रकम लिने ,बरामद हातहतियार खरिद बिक्री, ओसार पसार गर्ने , सहयोग गर्ने र अभियुक्तलाई संरक्षण गर्ने व्यक्तिहरु–

(क) सद्धाम हुसेन खान (ख) पुर्णबिर पाल्पाली कुम्हाल (ग) राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय (घ) गोलु भन्ने राधेश्याम चौधरी (ङ) सिरिया भन्ने श्रीराम चौधरी (च) मोटे भन्ने नसरत अलि (छ) प्रबिन गुप्ता ।

पक्राउ परेका निम्न व्यक्तिहरु:

१. जिल्ला कपिलवस्तु क.ब.न.पा.वडा नं.–१ आनन्दबाग कैलाशटोल बस्ने बर्ष अं. ३५ पुर्ण विर पाल्पाली (कुम्हाल) (निजको भुमिका: वारदात पश्चात वारदातमा प्रयोग भएको कटुवा पेस्तोल थान–१ र २ राउण्ड गोली सहित प्रतिवादी साकिर अलि पखिया निजको घरमा सुतेको निजले अपराधीलाई संरक्षण गरी प्रतिवादी साकिर अलि पखियाले दिएको उक्त हतियार लुकाई दिएको, निजकै घरबाट हतियार र २ राउण्ड गोली बरामद भएको ।

२. जिल्ला कपिलवस्तु क.ब.न.पा.वडा नं. २ बर्दाहवा बस्ने सद्दाम हुसेन खान । (निजको भुमिका: प्रतिवादी साकिर अलि पखियालाई हतियार खरिद बिक्री गर्ने कार्यमा सहयोग गरेको ।

३. जिल्ला कपिलवस्तु यशोधरा गाँउपालिका वडा नं.–४ पोखरभिट्वा बस्ने राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय । (निजको भुमिका: प्रतिवादी गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिद बिक्री गर्ने कार्यमा सहयोग गरेको )

४. जिल्ला कपिलवस्तु यशोधरा गाँउपालिका वडा नं.–४ सेमरी बस्ने गोलु चौधरी भन्ने राधेश्याम चौधरी । (निजको भुमिका: प्रतिवादी साकिर अलि पखियालाई हतियार खरिद बिक्री गर्न सहयोग गरेको )

५. जिल्ला कपिलवस्तु क.ब.न.पा वडा नं.–५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी । (निजको भुमिका:– प्रतिवादी साकिर अलि पखियालाई हतियार खरिद बिक्री गर्न सहयोग गरेको )

६. जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्ड नं १ माझीटोल बस्ने बर्ष ३६ को मोटे भन्ने नरसत अलि (निजको भुमिका: प्रतिवादी ओम प्रकाश यादवबाट रु १०००००।–(एकलाख) नगद लिई हातहतियार खरिद गरी ओम प्रकाश यादवलाई दिएको ।

७. जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्ड नं २ बरगदहवा बस्ने बर्ष २६ को प्रबिण गुप्ता (निजको भुमिका: प्रतिवादी नसरत अलिबाट रु ३७०००।–(सैतिस हजार) नगद लिई प्रतिबादी साकिर अलि पखियाबाट हातहतियार खरिद गरी निजले मोटे भन्ने नसरत अलिलाई दिएको ) (साथै निज प्रतिवादी नसरत अलि मिति २०६६।०२।२२ गते डाँका मुद्धामा ईप्रका बुटवलबाट पक्राउ परेको)

प्रतिवादी साकिर अलि पखियाले वारदातमा प्रयोग गरेको कटुवा पेस्तोल तथा गोली थान २

प्रतिवादी ओम प्रकाश यादवले जमिनमा गाडी . लुकाएको पेस्तोल,म्याग्जिन तथा गोली ६८ राउण्ड

                                                                        

प्रतिवादी रमजान साह मुसलमानले प्रयोग गरेको पेस्तोल

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ४ : २७ बजे