७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भारतसँग खेल्ने न्युजिल्याण्डको टिम घोषणा, कुन कुन परे टिममा ?



एजेन्सी ।
न्युजिल्याण्डले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि टिमको घोषणा गरेको छ । न्युजिल्याण्डले मंगलबार केन विलियम्सनको कप्तानी १५ सदस्सीय टिमको घोषणा गरेको हो ।

न्युजिल्याण्डले घोषणा गरेको टिममा इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज विजेता खेलाडीहरु नै रहेका छन् । न्युजिल्याण्डले घरेलु टोलिविरुद्धको दुई खेलको टेस्ट सिरिज १-० ले जितेको थियो ।

टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डले भारतसँग खेल्नेछ । साउथह्याम्पटनमा हुने फाइनल जुन १८ देखि २२ सम्म हुने तालिका रहेको छ ।

च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार टेस्ट च्याम्पियनसिपको विजेताले पाउने पुरस्कारको घोषणा गरेको हो ।

यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ४ : ५५ बजे