६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

अर्घाखाँचीमा खोलाले बगाएर वेपत्ता अधिकारीको सव फेला



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको वाङ्ला मथुराबेसी खोलाले बगाएर वेपत्ता भएका सन्धिखर्क ५ का ६७ बर्षीय चोलानाथ अधिकारीको सव फेला परेको छ ।
बुधबार दिउँसो वाङ्लाको मथुराबेसी खोला तर्नेक्रममा बेपत्ता भएका अधिकारीको शव रिङ्गदी बलेवामा फेला परेको हो ।

शवलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए ।


हिजो बुधबार देखि खोलाले बगाएर वेपत्ता भएका अधिकारीलाई जिल्ला शसस्त्र प्रहरी र जनपथ प्रहरीको तालीम प्राप्त प्रहरी टोलीले दुई दिन देखि खोजी कार्य जारी राखेका थिए । घटना भएको स्थान केरुङ्गा र वाङ्लाको बीचमा पर्दछ ।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  २ : ४३ बजे