८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज मनाइँदै



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज (मंगलबार) २०८औं जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ।१८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरीे नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए।

भानु जयन्तीको अवसरमा आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन्। कोरोनाको कारण धेरै कार्यक्रम नभए पनि सामाजिक संजाल र भर्चुअलविधिद्धारा आदिकविलाई सम्झने काम हुने बताइएको छ ।

धनञ्जय र धर्मावतीदेवीका छोरा भानुभक्तका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् । नेपालमा मात्र नभई भारतको दार्जिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रूपमा मनाउने गरिन्छ। १९२३ असोज ६ गते निधन आचार्यको निधन भएको थियो।

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  ६ : ०४ बजे