११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

असोज १ देखि बैंकहरूले बढाए ब्याजदर बढाउने, मुद्दतीमा १० प्रतिशत दिने



काठमाण्डौँ ।

वाणिज्य बैंकहरूले बचतकर्तालाई दिने र ऋणीबाट लिने दुबैतर्फको ब्याजदर बढाएका छन्। बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएपछि निक्षेप जोगाउन र अरू थप पैसा आकर्षित गर्न ब्याजदर बढाएका हुन्।

माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले पछिल्लो समय सरकारी खर्च नहुँदा बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएको बताए। उनले भने, ‘सरकारी खर्च नहुँदा निक्षेप बढ्न सकेन, यसले बैंकहरूमा लगानीयोग्य रकमको अभाव भएको छ।’

यही कारण भएको निक्षेप जोगाउनका लागि ब्याजदर सामान्य बढेको उनले बताए। अझ प्रतिस्थापन बजेट संसदबाट पारित हुन नसक्दा यतिबेला सरकारी खर्च रोकिएको छ। जसले गर्दा अझै केही साता बैंकहरूमा निक्षेपको चरम अभाव हुने अनुमान छ।

भोलि असोज १ देखि लागू हुनेगरी बैंकहरूले दिने व्यक्तिगत मुद्दती खातामा दोहोरो अंक ९१० प्रतिशतसम्म०को ब्याजदर घोषणा गरेका छन्।

सूचना जारी गर्दै सनराइज बैंकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १०।०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। वणिज्य बैंकहरूले मुद्दतीमा दिने यो ब्याज सबैभन्दा धेरै हो। संस्थागततर्फ पनि एक वर्ष बढी अवधिको लागि बैंकले १० प्रतिशत ब्याज दिने भएको छ। सो बैंकले मुद्दतीमा दिने न्यूनतम ब्याजदर नै ९।१० प्रतिशत छ।

त्यस्तै एनसीसी बैंकले व्यक्तिगत मुद्दतीमा २ वर्षभन्दा माथिको अवधिका लागि ९ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ तीन महिनाभन्दा बढी अवधिको लागि ९बोलकबोलमा० ९।२६ प्रतिशत तोकेको छ।

सबैभन्दा कम ब्याजदर दिँदै आएको स्टान्डर्ड चार्टडले व्यक्तिगत मुद्दतीमा १ वर्षे अवधिको लागि ७।५ प्रतिशत दिने घोषणा गरेको छ। कतिपय बैंकले भदौ १ देखि नै ब्याजदर बढाएका थिए। १ दर्जनभन्दा धेरै बैंकले असोज १ देखि ब्याजदर बढाउन लागेका हुन्।

निक्षेप घट्यो, कर्जा बढ्यो

सरकारको राजश्व संकलन भइरहने तर खर्च नहुँदा सरकारी खातामा पैसा थुप्रिने गर्छ।  अर्कोतर्फ बढ्दो आयातसँगै बाहिरिने रकम उच्च हुँदा पनि बैंकहरूमा नगद अभाव हुन्छ। यहीं कारण यस आर्थिक वर्षको सुरुआतदेखि बैंकहरूमा निक्षेप घटेको छ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार डेढ महिनाको अवधिमा वाणिज्य बैंकहरूबाट मात्रै ७२ अर्ब रुपैयाँ निक्षेप घटेको छ। गत आर्थिक वर्षको अन्तिमसम्म (असार मसान्तसम्म) वाणिज्य बैंकहरूमा मात्रै कुल ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १८ गतेसम्म आउँदा ४१ खर्ब २९ अर्बमा झरेको छ।

तर यसै अवधिमा बैंकहरूबाट प्रवाह हुने कर्जा भने ९८ अर्ब रुपैयाँले बढेको छ। असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ १८ गतेसम्म ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

दुई दिनमा लिए बैंकहरूले साढे २८ अर्ब सापटी, थप २० अर्ब पठाइँदै
निक्षेपको अभाव भएपछि बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी सुविधा (एसएलएफ) पनि उच्च छ। राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याज तिर्नेगरी बैंकहरूले दुई दिनमै २८ अर्ब ४६ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका छन्।

मंगलबार बैंकहरूले राष्ट्र बैंकबाट कुल १५ अर्ब ३७ करोड रुपैयाँ एसएलएफ प्रयोग गरेकोमा बुधबार १३ अर्ब ९ करोड प्रयोग गरेका छन्। एक हप्ताका लागि हुने यो रकम बैंकहरूले तत्कालका लागि नगद व्यवस्थापन गर्न लिने गर्छन्।

सबैजसो बैंकहरूमा लगानीयोग्य रकम अभाव भएपछि यतिबेला अन्तरबैंक दर नै ४.९ प्रतिशतको हाराहारीमा पुगेको छ।

बैंकहरूमा यसरी नगद अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्फत बिहीबार २० अर्ब रुपैयाँ पठाउने भएको छ। बिहीबार रिपो बोलकबोलमार्फत २० अर्ब रुपैयाँ पठाउन लागिएको हो।

बैंकहरूले १४ दिनसम्मका लागि यस्तो रकम पाउने छन्। वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीहरूले यसमा सहभागिता जनाउन सक्नेछन्। बैंकहरू आफैले बोलकबोलमार्फत ब्याजदर प्रस्ताव गर्छन्। उच्च ब्याजदरलाई प्राथमिकता दिई राष्ट्र बैंकले रकम प्रदान गर्दछ।

प्रकाशित मिति : ३१ भाद्र २०७८ बिहिबार ००:००  १० : १९ बजे