नेपालको फुटबल प्रशिक्षण छाड्ने अलुमताइरीको घोषणा


काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले साफ च्याम्पियनसिपपछि नेपाल छाड्ने घोषणा गरेका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछिको पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।

उनले साफको फाईनलमा नेपाली टिमका लागि आफ्नो तर्फबाट अन्तिम खेल हुने बताउदै आफू नेपाल नफर्किने उल्लेख गरेका छन् । अलमुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफलता हात पारेर पहिलोपटक फाइनलमा पुगेको हो ।

५ राष्ट्र सहभागी साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस