आईपीएल उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने


एजेन्सी ।
इन्डियन प्रिमियर लिगको उपाधिका लागि चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन् ।

बुधबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ३ विकेटको रोमाञ्चक ​जित हासिल गर्दै कोलकताले चेन्नई सुपर किंग्ससँगको भेट पक्का गरेको हो ।

चेन्नई र कोलकता उपाधिका लागि शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछन् ।

आईपीएलको पहिलो क्वालिफायरमा दिल्लीलाई ४ विकेटले हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको हो ।

एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले हराउँदै कोलकताले दोस्रो क्वालिफायरमा दिल्लीसँगको भेट पक्का गरेको थियो।

तीनपटकको च्याम्पियन चेन्नई नवौंपटक फाइनलमा पुगेको हो ।

कोलकता तेस्रो र चेन्नई चौथोपटक च्याम्पियन बन्ने योजनामा छन् । दुईपटकको च्याम्पियन कोलकताले तेस्रोपटक आईपीएलको फाइनलमा स्थान बनाएको हो ।

कोलकतालाई अन्तिम २ बलमा ६ रन चाहिँएको अवस्थामा एक बलअगावै राहुल त्रिपाठीले छक्का प्रहार गरेपछि कोलकता रोमाञ्चक जित हासिल गर्दै फाइनल पुगेको हो। त्रिपाठी ११ बलमा १ छक्का सहित १२ रनमा नटआउट रहे।

दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकताले एक बलअगाडि ७ विकेट गुमाउँदै भेट्टायो।

पहिलो विकेटका लागि ओपनर वेंकटेक ऐर र सुभमान गिलले पहिलो विकेटका लागि १२.२ ओभरमा ९६ रनको साझेदारी गर्दै टोलीलाई जितउन्मुख गराएका थिए।

कोलकताका ओपनर वेंकटेश ऐरले सर्वाधिक ५५ रनको योगदान दिए। सुभमान गिल ४६ रनमा रनमा आउट भए ।

दिल्लीका कागिसो रबाडा, एनरिच नोपर्किया र रविचन्द्रन आश्विनले समान २ विकेट लिए । आवेश खानको नाममा एक विकेट रह्यो ।

त्यसअघि शारजाहमा कोलकताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३५ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका ओपनर शिखर धवनले सर्वाधिक ३६ रन जोडे । श्रेयस ऐर ३० रनमा अविजित रहे । पृथ्वी शा १८ रनमा एलबीडब्लू आउट भए । मार्कस स्टोइनिस १८ रनमा पवेलियन फर्के । वरुण चक्रवर्तीले २ तथा लोकी फर्गुसन र शिवम माभीले १–१ विकेट लिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस