१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एक्सनमा पर्यटनमन्त्री आलेः विमानस्थलमा लापरबाही गर्ने कर्मचारीको सातो खाए



काठमाडौं ।

काठमाडौँ — काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सोमबार बिहानै पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल भवनमा साढे ६ बजे नै पुगे ।

दसैंका कारण काठमाडौँ छाड्ने यात्रुको चाप टर्मिनलमा अत्यधिक थियो । सोमबार पनि ३ सय १२ वटा आन्तरिक उडानको सूची थियो । मौसम खराबी कारण काठमाडौँ बाहिरका सबै विमानस्थल नखुलिसकेकाले टर्मिनल भवनमा यात्रुको भीडभाडमै मन्त्री आलेले त्यहाँको व्यवस्थापन नियाले ।
मन्त्रीले आन्तरिक विमानस्थल अनुगमन गर्ने खबर पाएपछि उनीभन्दा अघि नै त्यहाँ पुगिसकेका आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले कोरोना संक्रमणको प्रभाव घटेसँगै यात्रुको भीड अत्यधिक बढेकाले टर्मिनल साँघुरो भएको बताए । मन्त्री आलेले आन्तरिक टर्मिनलका प्रमुख चुडाललाई भवन भित्र रहेको क्याफे सोनिगाले अत्यधिक महँगो दरमा चियारकफी बिक्री गरिरहेको गुनासो सेवाग्राहीबाट आएको भन्दै मूल्यबारे निगरानी गर्न निर्देशन दिए ।

मन्त्री आलेले आफू पनि एयरपोर्टमा रहेका ट्याक्सीबाट २र३ पटक बिना मिटर ठगीमा परेको घटना बताउँदै विमानस्थलका एसएसपी राजेशनाथ बाँस्तोलालाई त्यसबारे अनुगमन गर्न भने । ‘यहाँका ट्याक्सीमा मिटर छैन की क्या हो रु,’ उनले एसएसपी बाँस्तोलालाई भने, ‘मनलाग्दी छ । कालो ट्याक्सीवालाले बार्गेनिङ गर्छन् । म पनि एकदुईपटक परेको छु । राति १ हजार माग्छ । धेरै पटक मै पनि परेको छु । राति हिँडेर जान सकिँदैन । यो कसले हेर्ने हो । ध्यान दिनुहोस् ।’

ट्याक्सीपछि उनले आइतबारको भोजपुर उडानमा छुटेका ७ यात्रुको घटनाबारे जानकारी लिन निगमको त्यहाँ रहेको कार्यालयका कर्मचारीलाई बोलाए । मन्त्रीलाई सोमबार बिहानको ड्युटीमा रहेकी अधिकृत रिता बाँस्कोटा, सिनियर असिस्टेन्ट गोविन्द रायमाझी, होम पोखरेल, डिस्प्याचर सुरेश श्रेष्ठ लगायतका कर्मचारीले भोजपुर उडानमा ७ यात्रु छुटेको घटनाबारे बेलिबिस्तार लगाए । उनीहरूको भनाइ थियो, ‘विमानस्थल कार्यालयका कारण नभई न्युरोडमा रहेको मुख्य कार्यालय अन्तर्गत टिकट बिक्री गर्ने ‘सेल्स–अफिस’को कमजोरीले यात्रु छुटेको ।ु

जब निगमको जहाज ७ यात्रु छाडेरै उड्यो
आइतबार छुटेका ७ यात्रु सोमबार बिहान ९ बजे भोजपुर उड्दै थिए । उनीहरू आउँदै गरेको खबर पाएपछि मन्त्री टर्मिनल बाहिर निजी वायुसेवाका गाडी पार्किङ क्षेत्र अवलोकनमा गए । उनी त्यहाँबाट निगमको ह्याङ्गर पुगे । त्यहाँ एउटा ट्विनअटर र एक चिनियाँ जहाज मर्मतका लागि राखिएको थियो । उनले निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई त्यहाँ छरिएका उपकरण लगायतका सामान व्यवस्थापन गर्न भने ।

निगमको ह्यांगरबाट ८ बजे उनी फेरि टर्मिनलमै फर्केर भोजपुरको उडानमा छुटेका यात्रुहरूसँग आइतबारको घटनाबारे जानकारी लिए । यात्रुहरूले आफूहरूलाई निगमकै कारण छुटेको गुनासो गर्न न्युरोड जानु परेको, त्यहाँ टिकट बिक्री गर्ने अधिकृतले दुर्व्यवहार गरेको, टिकट लिन पनि कठिनाइ बेहोर्नु परेको गुनासो राखे ।

मन्त्री विमानस्थल पुगेको डेढ घण्टापछि निगमको आन्तरिक टर्मिनल स्टेसनका प्रमुख शैलेन्द्र साह त्यहाँ आइपुगे । उनले यात्रु छुट्नुको मुख्य कारण आफ्नो मातहतको स्टेसन र कर्मचारी नभई निगमको न्युरोडस्थित सेल्स अफिस नै भएको जिकिर गर्न थाले । उनलाई मन्त्री आलेले ुनीजिले यात्रुलाई बोलाई(बोलाई उडाउने अनि सरकारी सम्पत्ति खाली(खाली उडाउने रुु भन्दै हकारे ।

मन्त्रीसँग झोक्किँदै प्रष्टीकरण दिइरहेका साहलाई मन्त्रीले ‘सेवाग्राहीलाई फोन गरेर किन नबोलाएको रु समन्वयमा किन कमजोरी गरेकोरुु भन्दै झुटो नबोल्न भने । उनले त्यहाँ रहेका निगमका महाप्रबन्धक पौडेललाई भोजपुरका लागि यात्रु छुटाउने को–को जिम्मेवार छन् विभागीय कारबाही गर्न यात्रुहरूकै अघि निर्देशन दिए । ‘तपाईंहरूले दुःख पाउनु भयो, सरी है,’ निगमको अभिभावक मन्त्रीका हैसियतले यात्रुहरूसँग क्षमा माग्दै उनले भने, ‘अब राम्रोसँग जानु होला, शुभ यात्रा ।’

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  ७ : २७ बजे