१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

च्याम्पियन्स लिगः बार्सिलोनाको पहिलो कठिन जित




काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ ।समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले निर्णायक गोल गरे ।उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए । जोर्डी अलबाको पासमा उनले गोल गरेका हुन् ।

यस जितसँगै समूह ई को बार्सिलोनाले ३ खेलमा ३ अंक जोडेको छ ।बार्सिलोनाले यस अघिका दुई खेल गुमाएको थियो ।

बार्सिलोना समूहको तेस्रो स्थानमा रहेको छ । किभले ३ खेलमा १ अंक जोडेको छ ।किभ समूहको पुछारमा रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८ बिहिबार ००:००  ६ : ३६ बजे