स्कटल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा


काठमाण्डौ । स्कटल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्यान्ड पहिलो पटक विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको हो ।

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।स्कटल्यान्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । यस्तै बङ्गलादेश पनि आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

हिजो कुवेतको अल अमिरात मैदानमा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ८४ रनले हराउँदै बङ्गलादेशले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस