२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

विश्वभर कोरोनोका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो



काठमाडौँ ।
विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको कुल संख्या ५० लाख ३ हजार ९०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५५३ संकमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३५ र रुसमा एक हजार १६३ जना छन् ।

हालसम्म कोरोनाका कुल संक्रमितको संख्या २४ करोड ६७ लाख २० हजार २२० छ भने तीमध्ये २२ करोड ३५ लाख ११ हजार ९७७ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८ शनिबार ००:००  ६ : ४९ बजे