१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रोकिराखेको ट्र्याक्टरसँग अटो ठोक्किँदा एक जनाको ज्यान गयो



दाङ ।

दाङमा रोकिराखेको ट्र्याक्टरसँग अटो ठोक्किँदा दङ्गीशरण गाउँपालिका ४ का ५० वर्षीय दीपक बुढाथोकीको ज्यान गएको छ । दुर्घटनामा अटोका चालक गम्भीर घाइते भएका छन् ।

तुलसीपुरबाट हेकुली जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो त्यही दिशातर्फ रोकिराखेको रा १ त २८२२ नम्बरको ट्र्याक्टरसँग हेकुली चोकमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा घाइते अटो चालक दङ्गीशरण ३ हेकुलीका २७ वर्षीय मनिष चौधरीको तुलसीपुरमा उपचार भइरहेको छ ।

ट्र्याक्टर चालक फरार रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८ शुक्रबार ००:००  २ : २९ बजे