१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण, मृत्यु शून्य



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ३६२ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल निको हुने दर ९८।१ प्रतिशत पुगेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यु दर १।२ प्रतिशत रहेको छ । यही अवधिमा थप २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर खोप अभियान सुरु भए यता ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा खोप लगाइसकिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८ शनिबार ००:००  ५ : ०१ बजे