८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्राविधिक र सुरक्षा कर्मचारीलाई तालिम



काठमाडौं ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नसँगै व्यवसायिक उडान सञ्चालनको तयारी शुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुद्ध जयन्तीदेखि नियमित रुपमा व्यावसायिक उडान सञ्चालकका लागि आवश्यक तयारीमा जुटेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक विक्रमराज गौतमले जानकारी दिए।

नागरिक उडड्यन सुरक्षा नियामवली अनुसार टर्मिनल क्षेत्रको सुरक्षा नेपाल प्रहरीले र कम्पाउण्ड क्षेत्रको सुरक्षा नेपाली सेनाले गर्ने प्रावधान अनुसार सुरक्षाकर्मीहरुलाई तालिम दिन सुरु गरेको विमानस्थल सञ्चालन तयारी कार्यदल सह–संयोजक गौतमले जानकारी दिए । विमानस्थलमा गरिने गतिविधिहरुमा हुने सुरक्षा अवस्थालाई प्रभावकारी बनाउने प्राधिकरणले गत सोमबार सुरक्षा, भन्सार, श्रम तथा रोजगार विभाग, नागरिक उडड्यन लगायत निकायसँग छलफल समेत शुरु गरी काम अघि बडाएको जनाएको छ ।

विमानस्थलमा प्रयोग हुने प्रिबोर्ड प्यासेन्जर स्क्यानिङ एक्सरे मेसिन सञ्चालनका लागि विमानस्थलमा कार्यरत सुरक्षा जनशक्ति तालिम दिन शुरु भएको गौतमले जानकारी दिए। प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान ९क्यालिब्रेसन फ्लाइट० गत साता मात्र सम्पन्न गरेको थियो । विमानस्थलको तयारी सम्पन्न गरी व्यवसायिक उडानका लागि परीक्षण उडान गर्ने जनाएको छ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । गौतम बुद्धले उडान शुरु गरेपछि काठमाडौंको हवाइ ट्राफिक कम हुने विश्वास प्राधिकरणले लिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८ बुधबार ००:००  १ : २२ बजे