१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

कोभिडको लक्षण नभएका र पूर्ण खोप लगाएकाले पीसीआर टेस्ट गर्न नपर्ने



काठमाण्डौ ।

स्वास्थ्य मन्त्रालयले कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।

अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई पीसीआर टेस्ट गर्नु नपर्ने मन्त्रालयले जनाएको छ । यसअघि अस्पताल भर्ना हुँदा र अपरेशन लगायतका उपचार गर्नुपर्दा पीसीआर अनिवार्य चाहिन्थ्यो ।

मन्त्रालयका अनुसार १५ लाखभन्दा धेरैले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाइसकेका छन् । पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म कुल जनसङ्ख्याको ६३ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

एक करोड ८६ लाख ३ हजार ४५४ जनाले पहिलो मात्रा र एक करोड ८३ लाख ५२ हजार १२१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८ शनिबार ००:००  ७ : १९ बजे