८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल चयन



रुपन्देही ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन् । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।

अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन् । लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता वर्षमान पुनले अब लुम्बिनी प्रदेश ९माओवादी केन्द्र० को आधार इलाका भएको बताउँदै आगामी निर्वाचनमा पनि माओवादी केन्द्रको आधार इलाका रुपमा विजय बनाउनका लागि एक ढिक्का भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

उक्त बैठकमा लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपाणि खनाल ९बलदेव०, मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश सहइन्चार्ज कुलप्रसाद केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७८ बुधबार ००:००  ४ : ५२ बजे