१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

२४ घण्टामा ८२ जनामा कोरोना पुष्टि, २ सय १३ जना निको



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार एक सय ७५ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा दुई सय १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ ।

अहिले नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार पाँच सय ७४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख पाँच हजार चार सय २२ जनाले कोरोनावि?द्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८ बुधबार ००:००  ५ : ४५ बजे