१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थाल्यो



एजेन्सी ।

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थालेको छ ।

डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा सङ्क्रमण बढेको हो ।

ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्या बढेको छ । चीनमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ३७ जनामा सङ्क्रमण देखिएको छ ।

सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलो पटक कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक साढे तीन लाखभन्दा धेरैको सङ्ख्यामा सङ्क्रमण देखिएको छ । त्यस्तै हङकङमा एकैदिन १६ हजार ५ भन्दा धेरै सङ्क्रमित थपिएका छन् । सिङ्गापुरमा हिजो दश हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । उपलब्ध खोप लगाउन र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८ आइतबार ००:००  १ : ४९ बजे