भैरहवा ।
उद्योगीहरुले लामो समय देखी भोग्दै आएको बिद्युत समस्याको बारेमा नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशले विद्युत दिने समयको निधो लगाउन माग गरेको छ ।
महासंघले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिद्युत आउने समयको निधो नहुदा ब्यसायमा मार खेप्नु परेको गुनासो गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपाल विद्युत प्राधिकरणले बिद्युतको टुङ्गो नलगाउदा उत्पादन लागत बढ्दै गईरहेको र उत्पादन ५० प्रतिशतले कम भएको जिकिर गरेका छन । “उहाहरुसंग हामीले कुरा गर्दा अहिले हुन्छ, तहिले हुन्छ, कहिले हुन्छ त्यो कुराहरुको निधो छैन । निधो नभएपछि हामीले आयात गर्ने कच्चा पदार्थहरु बाटोमा रोकिएको छ ।” शर्माले भने “हामीले कहिले सम्म रोकेर बस्ने, त्यो समानको उत्पादन गरेर हामीले कहिले बजार सम्म पु¥याउने रु सैकडौ मजदुरलाई छुट्टी गरौ वा उद्योग बन्द गरेर बसौ
यी समस्याहरुको बारेमा बिद्युत प्राधिकरणसंग कुरा गर्दा पनि प्राधिकरणले कुनै स्पष्ट जवाफ नदिएको शर्माको गुनासो छ । बिद्युत प्रयाप्त रहेको भन्दै प्राधिकरणले ढाटेको उनको आरोप छ । “बिद्युत कार्यालयको प्रदेश स्तरिय कार्यालयमा जादा जवाफदेहिता नभएको अवश्था छ । ” उनले भने “कहिले ग्रीडमा जानुस, कहिले महशुलमा जानुस लगायतका कुराले हामी चिन्तित छौं ।”
यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवालले बिद्युत नभए बिद्युत प्राधिकरणलाई लोडशेडिङ्गको तालीका दिन आग्रह गरे । “बिद्युत नभएको सर्वविदित कुरा हो । हाम्रो भनाई के हो भने बिद्युत छैन भने एउटा लोडसेडिङ्गको तालिका दिनुस ।” अग्रवालले भने “त्यो तालिका अनुसार हामीलाई यति थाहा होस कि बिद्युत कति घण्टा कुन समयमा हामीले पाउछौं ।”
उनले लोडसेडिङ्ग तालिका आए सोही अनुसार योजना बनाएर आफ्ना उत्पादन गर्न सकिने बताए । उनले लुम्बिनी प्रदेशका औद्योगिक कोरिडोरहरु कालीगण्डकीको ग्रीडमा आधारित रहेको बताउदै भोली कुनै तरिकाले कालीगण्डकी कोरिडोरका बिद्युतलाई केही तलमाथी भए यस क्षेत्रका सबै उद्योग बन्द हुने अवश्था आउने बताए । “यसको विकल्पमा २२० केभिएको लाईन पूर्वबाट पश्चिम आउदै छ । तर त्यो दुम्किवासमा आएर रोकिएको छ ।” अग्रवालले भने “निजि जग्गाको निहु देखाउदै सम्पूर्ण परियोजना रोकिएको छ । सञ्चालनमा सरकारले चासो नै देखाएको छैन ।” उनले सरकारले चासो देखाएर दुम्कीवासबाट विद्युत ल्याउन सके यो क्षेत्रको बैकल्पिक रुपमा बिद्युत समस्या समाधान हुने आधार पेश गरे ।












प्रतिक्रिया