७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

निर्वाचनको सम्पुर्ण तयारी पुरा, मतदान केन्द्र र स्थल तयारी अवस्थामा



काठमाण्डौ ।

निर्वाचन आयोगले भोलि वैशाख ३० गते शुक्रवार हुने पालिका चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिनुभयो । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भएरनभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको सहप्रवक्ता अर्यालको भनाइ छ । आचारसंहिता लागू भएयता ६६ वटा स्पष्टीकरण सोधिएको, नौ वटा सचेत र एउटा ध्यानाकर्षणको निर्णय भएको आयोगले जनाएको छ ।
देशभरका १० हजार सात सय ५६ मतदानस्थलमा रहेका २१ हजार नौ सय मतदान केन्द्रमा भोलि बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

चुनावबाट सात सय ५३ पालिकाका प्रमुखरउपप्रमख, अध्यक्षरउपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडा सदस्य गरी ३५ हजार दुई सय २१ जना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९ बिहिबार ००:००  ५ : १९ बजे