८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

प्रधानमन्त्री देउवाले गरे आफैँले पढेको विद्यालयबाट मतदान



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा पुगेर मतदान गरेका छन्।

प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका–१ मा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

देउवाले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। २००३ सालमा जन्मिएका देउवाले कक्षा ३ सम्मको प्रारम्भिक शिक्षा तत्कालीन असिग्राम प्राविबाट लिएका थिए। कक्षा ८ सम्म डडेल्धुरा सदरमुकामको महेन्द्र माविमा पढेका देउवाले कक्षा ९ र १० सम्मको पढाइ डोटीको जिजोडामाडौं उचाकोटमा रहेको सिताराम माविमा पूरा गरेका थिए। २०१९ सालमा एसएलसी पास गरेपछि देउवा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए।

मतदान गर्न देउवा चार दिनअघिदेखि डडेल्धुरामा रहेका थिए। मतदान गरेर देउवा आजै राजधानी फर्किने छन्।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  १० : २४ बजे