८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शिवराजमा राप्रपाको सुरुवाती अग्रता



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले सुरुवाती अग्रता ल्याएका छन् ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहदा थापाले आफ्नो सुरुवाती अग्रता बढाएका हुन् । उनले २ सय ३४ मत पाएका छन् ।

वडा नं. १ को ६ सय मत गणना हुँदा नेकपा (एमाले)का उम्मेद्वार महादेव पोख्रेलले थापालाई पछ्याइ रहेका छन् । पोख्रेलले २ सय ११ मत पाएका छन् ।

नेपाली कांग्रेसका हुमकान्त खनालले ३४ मत ल्याउँदा जसपाका कृष्णकुमार चौधरीले २८ मत पाएका छन् । एकीकृत समाजवादीका क्षेत्र बहादुर खत्रीले १३ मत पाएका छन् भने लोसपाका रविदत्त मिश्राले ६ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ६ : २६ बजे