६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

वाणगंगामा माओवादीले खाता खोल्यो, ३ को वडाध्यक्षमा झेडी मगर विजयी



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा ३ मा ४ दलीय गठबन्धन अन्तरगत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा माओवादीका उम्मेदवार ३ मतान्तरले बिजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार टेक बहादुर झेडी मगरले एमालेका उम्मेदवार सन्तराम रौतारलाई ३ मतान्तरले हराएका हुन् । सो वडामा नेपाली कांग्रेस तेस्रो पार्टी बनेको छ । यसको औपचारिक घोषणा हुन भने बाकी छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ८ : ३२ बजे