१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वडाध्यक्ष जित्दै सबैलाई चकित पारेका गिरी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा विष्णु गिरी निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका कुमार खड्का र आफ्नो सहोदर दाई नेत्र गिरीलाई फराकिलो मतान्तरले पराजित गर्दै गिरीले वडाध्यक्ष जितेका हुन् ।

विहीबार राति सकिएको मतगणनामा गिरीले झण्डै ५ सयको मतान्तरले चुनाव जितेका छन् । चुनाव अवधिभर निकै चासो पूर्वक हेरिएको वडा नम्बर ७ को राजनीति गिरीको आगमनले सबैलाई आश्चर्य चकित पारेको छ ।

आफ्नै परिवार भित्रको विद्रोह झेलेका गिरीले अन्ततः वडाबासीको मायाले निर्वाचन जिते । दुई दाजुभाईको टिकट वितरण काण्डले विद्रोहको बीउ यहाँ रोकिएको थियो । पार्टीले अन्याय गरेको भन्दै नेत्र गिरी एमालेबाट विद्रोह गर्दै स्वतन्त्र रुपमा चुनावमा होमिएका थिए ।

एमालेको बलियो पकट हुँदा हुँदै दुई दाजुभाईको विवादले कांग्रेसले चुनाव जित्दै धेरैको आकलन थियो । यद्यपि सबै आकलन मिथ्या सावित पार्दै विष्णुले चुनाव जितेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९ बिहिबार ००:००  १० : ३५ बजे