१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

दोस्रो पटक मेयरमा चुनाव जित्दै बुद्धभूमिमा श्रेष्ठको पुनः आगमन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मेयरमा पुनः केशव कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

नेकपा (एमाले)का उम्मेद्वार पिताम्बर खनाललाई पराजित गर्दै श्रेष्ठ पुनः दोस्रो कार्यकालका लागि बुद्धभूमिको मेयरमा निर्वाचित भएका हुन् ।

नगरको उपमेयरमा मिरा थारु पुनः निर्वाचित भएकी छिन् । थारु पनि दोस्रो कार्यकालका लागि बुद्धभूमिमा आउने भएकी हुन् ।

थारुले एमालेकी मञ्जु थारुलाई पराजित गरिन् । पहिलो निर्वाचनमा पनि मञ्जु मिरासंग पराजित भएकी थिइन् ।

कांग्रेस बुद्धभूमिले अधिकांश जनप्रतिनिधिलाई पुनः दोर्‍याएर उम्मेद्वार बनाएको थियो ।

यद्यपि बुद्धभूमिमा उम्मेद्वार छनौटमा आपत्ति जनाउँदै विरेन्द्र मिश्रा, नारायण खनाल, अनिल पौडेल जस्ता नेता कांग्रेस (विपि) तिर लागेका थिए । कांग्रेस विपिबाट उम्मेद्वारी दिएका यी नेताका उम्मेद्वार कसैले चुनाव जित्न सकेनन् ।

बुद्धभूमिका १० वडा मध्ये वडा नं. १० मा जसपाले चुनाव जितेको छ भने, वडा नं. ५, वडा नं. ७ मा, वडा नं. ३ मा एमालेले चुनाव जितेको छ ।

वडा नं. १, वडा नं. २, वडा नं. ९, वडा नं. ६, वडा नं. ८ मा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् ।

अहिले बुद्धभूमिमा वडा नं. ४ को मतगणना जारी छ । अबका केही घण्टामा आउने मतपरिणाममा वडाध्यक्ष पदका लागि कांग्रेस र एमालेका उम्मेद्वार बीच कडा प्रतिस्पर्धा रहेको छ ।

यो समाचार तयार पार्दासम्म बुद्धभूमिको अन्तिम मतपरिणाम भने निर्वाचन कार्यालयले अझै सार्वजनिक गरेको छैन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ९ : २१ बजे