२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

स्थानिय तह निर्वाचन अपडेट : कांग्रेस ३२०, एमाले १९९ र माओवादी १२० पालिकामा बिजयी



काठमाडौं ।

स्थानिय तह निर्वाचनको पछिल्लो मतपरिणाम अनुशार नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् ।

यस्तै नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेका उम्मेदवारले हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् ।

यता नेकपा माओवादी केन्द्रले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । आयोगका अनुसार अब मात्र २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । मतगणना जारी भएका पालिकामध्ये ६ वटामा एमालेको उम्मेदवारको अग्रता रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  १२ : १४ बजे