२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

शिवराजका नवनिर्वाचित मेयर थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण



कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय थापाले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ ।

नगरप्रमुख थापालार्ई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश तेजेन्द्र प्रसाद शर्माले शपथ ग्रहण गराउनु भएको हो ।

जिल्ला मुख्य निर्वाचन कार्यालय पुगेर शपथ ग्रहण लिनु भएका थापाले पदभार ग्रहण पश्चात सोमबार नै शिवराजका उप-प्रमुखसहित वडाध्यक्षहरु तथा वडा सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनु भयो ।

नगर विकासका लागि सदैव तत्पर रहने छु, म अफु पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न भन्दै पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएका नगर प्रमुख थापाले यहाँहरुले दिएको मतको सम्मान गर्दै अगाडि बढ्ने छु भन्नु भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  १ : २६ बजे