२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बुद्धभूमिका नवनिर्वाचित मेयर श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख केशवकुमार श्रेष्ठले सोमबार पद तथा गोपनियताको शपथ खानुभएको छ ।

दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित श्रेष्ठले सोमबार विहान मुख्य निर्वाचन अधिकृत तथा जिल्लाका न्यायधीश तेजेन्द्र प्रसाद शर्माबाट शपथ खानुभएको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख श्रेष्ठले आफुले शपथ खाए लगत्तै नगरपालिकामा आएर नगर उप प्रमुख मीरा थारु लगायत निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई एकमुष्ट शपथ खुवाउनुभएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  २ : ०९ बजे