१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मूल्यवृद्धिको विरोधमा उत्रियो कपिलवस्तु नागरिक समाज



मायादेवी अनलाइन, बाणगंगा ।
पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि विरुद्ध कपिलवस्तु नागरिक समाजले आपत्ति जनाउँदै उक्त मूल्यवृद्धि फिर्ताको माग गरेको छ ।

नेपाली जनतालाई ढाड सेक्ने गरि गराइएको मृद्धिवृद्धि तुरुन्त फिर्ता लिई जनजीवनलाई सहज पार्न समाजका जिल्ला अध्यक्ष दोलक बहादुर पछाईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आइतबार मात्र पेट्रोलमा प्रति लिटर १० रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २ सय रुपैयाँले वृद्धि गरेको छ । उक्त मूल्यवृद्धिको चौतर्फीआलोचना भइरहेको बेला कपिलवस्तु नागरिक समाजले पनि विज्ञप्ति निकालेर आपत्ति जनाएको हो ।

यस्तै बर्षभरी खाने खेती लगाउने समयमा रासायनिक मलखाद नपाइनु पनि दुखद रहेको समाजले जनाएको छ । धान खेती लगाउने बेला कतै पनि मलखाद नपाइनु सरकारको गैरजिम्मेवारी काम भएको भन्दै तुरुन्त किसानलाई अनुदानमा मलखाद उपलब्ध गराउन सरकारसंग माग गरेको छ । ।

यस्तै किसानलाई प्रयाप्त बीउविजन उपलब्ध गराउन पनि समाजका अध्यक्ष पछाईले विज्ञप्ति मार्फत माग गर्नुभएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  ४ : ३७ बजे