२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?



काठमाडौं ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ ।

मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

मतगणना सम्पन्न भएका पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, हालसम्मको परिणाम अनुसार एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९ र लोसपाको १६ जना उम्मेदवार पालिका प्रमुख तथा अध्यक्ष पदमा विजयी बनीसकेका छन् । अन्य दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिने १९ जना पनि पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् ।

आयोगका अनुसार अहिले ११ पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४ वटामा कांग्रेस, तीन वटामा एमाले र एक÷एक वटामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । दुई पालिकाको एउटा÷एउटा केन्द्रमा मतदान हुनै बाँकी रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९ मंगलबार ००:००  ३ : १२ बजे