७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमः कपिलवस्तु सांस्कृतिक राजधानी घोषित



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा कपिलवस्तु जिल्लालाई सांस्कृतिक राजधानीका रुपमा राखिएको छ ।

बुधबार प्रदेश सभामा पेश भएको आव ०७९/०८० को नीति तथा कार्यक्रममा कपिलवस्तुलाई सांस्कृतिक राजधानीका रुपमा राखिने उल्लेख गरिएको हो ।

गौतमबुद्धको क्रिडास्थलको रुपमा रहेको कपिलवस्तु ऐतिहासिक सांस्कृतिक भूमि हो ।

साथै लुम्बिनी प्रदेश सरकारले रुपन्देहीलाई आर्थिक राजधानी बनाउने उल्लेख छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा वैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९ बिहिबार ००:००  ८ : २३ बजे