१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आदर्श बोर्डिङ स्कूललाई नगरस्तरीय हाजिरीजवाफ प्रतियोगीताको उपाधि



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगीताको उपाधि आर्दश बोर्डिङ स्कूल इमिलियाले जितेको छ ।

सोमबार गोरुसिंगेस्थित गौतमबुद्ध माविमा भएको नगरस्तरीय प्रतियोगीतामा सहभागी १० विद्यालयलाई पछि पार्दै आदर्शले उपाधि जितेको हो ।

बुद्धभूमि नगरपालिकाको आयोजना र मायादेवी मिडिया ग्रुपको संयोजनमा भएको प्रतियोगीतामा सोसीयल इंग्लिस बोर्डिङ स्कूल गोरुसिंगे दृतीय भएको छ ।

प्रतियोगीतामा श्री मावि इमिलियाले तृतिय स्थान ल्याउँदा श्री सिद्धार्थ स्मारक भेलाई सान्त्वना स्थान आउन सफल भयो ।

मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा भएको प्रतियोगीतामा प्रथम, दृतिय, तृतिय र सान्त्वना स्थान आउने प्रतियोगीले शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९ मंगलबार ००:००  ८ : १० बजे