४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

तिब्र गतिमा फैलिँदै कोरोना, एकै दिन २ सय ६० जना सङ्क्रमित थपिए



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ । पछिल्लो समय सङ्क्रमण दर दिनदिनै बढिरहेकोमा पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ४८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार एक सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

थप ७२ हजार तीन सय २० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७९ बिहिबार ००:००  ५ : ४२ बजे