४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कक्षा १२ मा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने



काठमाडौं ।
कक्षा १२ मा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने भएको छ । यस वर्ष नयाँ लेटर ग्रेडिङ निर्देशिकाअनुसार नतिजा सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने प्रावधान छ । ‘नयाँ लेटर ग्रेडिङअनुसार हुन्छ । १२ मा पाठ्यक्रम पनि नयाँ लागू भइसकेको छ,’ उनले भने ।

कक्षा १० मा नयाँ पाठ्यक्रम लागू नभएकाले पुरानै पाठ्यक्रमअनुसार नतिजा सार्वजनिक गरिएको बताउँदै उनले १२ मा नयाँ पाठ्यक्रम लागू भएकाले ३५ प्रतिशत ल्याउनैपर्ने बताए ।

गत जेठमा भएको १२ को परीक्षाको नतिजा भदौमा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  ७ : २१ बजे