२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आयुर्वेद औषधी व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा पुनः बन्जाडे



कपिलवस्तु ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कपिलवस्तु जिल्ला शाखाको अध्यक्षमा पुनः गोपाल बन्जाडे सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको दोश्रो अधिवेशनले बन्जाडेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्बिरोध चयन गरेको हो । उनी पहिलो कार्यकालमा पनि अध्यक्ष थिए ।

समितिको उपाध्यक्षमा मोतीराज घिमिरे, सचिवमा शान्तराज गैरै, कोषाध्यक्षमा शान्ता भण्डारी पोखरेल, सदस्यहरुमा सुरेन्द्र पाण्डे र दिनेश चौधरी रहेका छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिबार कल्याण मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले कोरोना महामारीमा संक्रमितहरुको रोग प्रतिरोध क्षमता बृद्धि गर्न आयुर्वेद औषधिसंगै आयुर्वेद पद्धतिले जनमानसमा बिश्वास जितेको बताए।

डा पौडेलले सरकारले निजी ब्यवसायीलाई तालिम गोष्ठीको आयोजना गरि आयुर्वेद चिकित्सा पद्धतीमा भएका ऐन नियमका बारेमा निजी क्षेत्रमा कार्यरत औषधी ब्यवसायीलाई सहभागी गराउने प्रदेश सरकारको योजना गरेको बताए।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ६ : १३ बजे