३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

कर्मचारी संगठन कपिलवस्तुले राखेको रक्तदानमा २७ प्वाईन्ट रगत संकलन



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको आयोजनामा गरिएको खुल्ला रक्तदान कार्यक्रममा २७ प्वाईन्ट रगत संकलन भएको छ ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ शहीद मनोज–झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा कर्मचारी संगठनले कपिलवस्तु सामुदायिक अस्पताल चार नम्बर जितपुरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

रक्तदानमा सहभागी रक्तदातालाई संगठनले सम्मान स्वरुप प्रमाणपत्र दिएको छ ।

नेपाल रेडक्रस सोसाईटी तौलिहवा र कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोग रहेको रक्तदानमा सबैको अमूल्य साथ रहेको कर्मचारी संगठन कपिलवस्तुका अध्यक्ष प्रकाश गौतमले बताए ।

रगतको माग दिनानुदिन बढ्दै गईरहेको परिपेक्षमा रगतको मागलाई परिपुर्ती गर्नका लागि रक्तदान कार्यक्रम राखिएको अध्यक्ष गौतमले जनाए ।

प्रकाशित मिति : १७ श्रावण २०७९ मंगलबार ००:००  ७ : ३० बजे