८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रुपान्तरण कार्यक्रमको सरोकारवालाद्धारा अनुगमन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शुद्धोधन र मायादेवी गाउँपालिकामा संचालित रुपान्तरण कार्यक्रमको सरोकारवाला निकायले अनुगमन गरेका छन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्र र आईएम स्वीडिस डेभलपमेण्ट पार्टनरसंगको साझेदारीमा संचालित रुपान्तरण कार्यक्रमको शुद्धोधन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी लगायतले अनुगमन गरेका हुन् ।

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले संस्थाले गरेका कामहरुको स्थलगत अनुगमन गर्दै कार्यक्रमले विपन्न समुदायको सामाजिक चेतनामा ल्याएको परिवर्तन महत्वपूर्ण भएको बताउनुभयो । अध्यक्ष चौधरीले गाउँको विकास निर्माणको कामलाई गाउँपालिकाले ध्यान दिएकाले पछाडी पारिएका समुदायको आर्थिक सामाजिक विकासमा सवै निकायको सहयोगको आवश्यकता भएको बताउनुभयो ।

अनुगमनका क्रममा शुद्धोधन गाउँपालिका वडा नम्बर १ मानपुर गाउँ रहेको नागरिक बहस केन्द्रका सहभागीहरुसंग छलफल गर्दै महिलाहरुको सशक्तिकरण गर्दै संस्थाले गरेको विभिन्न सहयोगको प्रसंशा समेत गर्नुभयो । उहाँले महिला तथा किशोरीका समस्याबारे बुझदै सिपमुलक तालिम, आयआर्जन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरीले (लाला) महिला शसक्तिकरण र तालिमको आवश्यकता भएको बताउनुभयो ।

अनुगमन टोलीले रुपान्तरण कार्यक्रम अन्तरगत शुद्धोधन २ नन्दनगरको किशोरी समूह, नन्दनगरकै नसरुदिन नाउँको पेन्टिङ व्यवसाय, शुद्धोधन १ मानपुर गाउँको बहस केन्द्रको अनुगमन गरेको थियो । अनुगमनमा बहस केन्द्रका सहभागीले बालविवाह र छुवाछुत विरुद्ध सचेतना, महिला हिंसा रोकथाम, महिला अधिकार, बालिका शिक्षा, योजना तर्जुमा लगाएतका विषयमा सिकेको सहभागी संगीता कोहारले बताउनुभयो ।

अनुगमनमा संस्थाका निवर्तमान अध्यक्ष तेजप्रसाद आचार्य, कार्यक्रमका समन्वयकर्ता रोमकान्त घिमिरे, कार्यक्रमका संयोजक धनेश्वरी घर्ती लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९ सोमबार ००:००  ८ : २० बजे