१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

थप ४ सय ८७ जनामा कोरोना सङ्क्रमण



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा चार सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ७७ जनाको नमुना परीक्षण गर्दा चार सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । थप एक सय ६४ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा चार हजार दुई सय ९८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ३९ हजार चार सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९ बुधबार ००:००  ६ : ३० बजे